अवैध लागूऔषध सहित दुई जना पक्राउ
काठमाडौं : काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नहरूमा भारत उत्तर प्रदेश लुधियाना ठेगाना भएका ४३ वर्षीय RENKU MEHEN र भारत उत्तर प्रदेश जोया ठेगाना भएका ३२ वर्षीय MOHAMMAD HASNAIN रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त गाँजा रिसिभ गर्न MOHAMMAD समेत ३ जनाले भारत उत्तर प्रदेश लुधियानाबाट युपि ३८ एपि १९७३ नम्बरको गाडी लिई काठमाडौं आएको भन्ने खुल्न आएपश्चात प्रहरीले खोजी गर्ने क्रममा धादिङ धुनिवेशी नगरपालिका-९ कानाकोटस्थित सडक छेउमा पार्किङ गरी राखेको अवस्थामा उक्त गाडी फेला पारी तलासी गर्दा थप ५ सय ग्राम गाँजा फेला परेको हो ।
