ससःत्वा हस्पिटालिटी र प्रभु बैंकबीच सम्झौता
काठमाडौं, २९ साउन । कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुरस्थित ससःत्वा हस्पिटालिटी प्रा.लि. र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हिजो २८ गते प्रभु बैँकका तर्फबाट Central Business Centre का प्रमुख लेख बहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र ससःत्वा हस्पिटालिटी प्रा.लि.तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनबाट सम्झौता पत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण गरियो ।
ससःत्वा हस्पिटालिटी प्रा.लि.प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत बिशेष छुट पाउने छन् ।
सम्झौताअनुसार प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरु तथा वैध परिचयपत्र भएका ग्राहकहरुलाई खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन् ।
ससःत्वाको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ ।
यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाखभन्दा बढि ग्राहकहरुलाई 'बिश्वास लिन्छौं, विश्वास दिन्छौं' भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाहगर्दै अघि बढिरहेको छ ।
