Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागलुङमा विपद्ः आठ घरमा क्षति, ४० उच्च जोखिममा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ३१ आइतबार |

बागलुङ, ३१ साउनः बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण आठ घरमा क्षति पुगेको छ भने ४० उच्च जोखिममा परेका छन् । मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो ।

    निसीखोलाका ४० घर पहिरोको उच्च जोखिममा परेका निसीखोला–२ का वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो । पहिरोले कतिपय स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पु¥याएको जनाउँदै उहाँले घरको पाली भत्किने, छानो उप्कने, घर चर्किनेलगायत क्षति पुगेको बताउनुभयो ।

    पहिरोका कारण धाराटोलका धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको छ भने ४० घर पहिरोको उच्च जोखिममा परेका छन् । 
    
    उपल्लो बेङ्ग्रीको पहिरोका कारण बस्तीमा थप जोखिम बढेको वडाध्यक्ष विश्वकर्माले बताउनुभयो । लगातार वर्षा भइरहेकाले पहिरो थप खस्नसक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो । उहाँका अनुसार काल्नेचौर, उपल्लाबेङ्ग्री, हाडीचार र बासखोला सडकखण्डमा पनि पहिरो झरेर बस्ती जोखिममा परेका छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan