Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |

महेन्द्रनगर, ४ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगङ्गा नगरपालिका-४ बाट रु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ ।

    विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधा वृद्धि गरिएबापत रकम मागेको अवस्थामा अख्तियारको टोलीले रकमसहित गौरीगङ्गा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई नियन्त्रणमा लिएको अख्तियार कार्यालय कञ्चनपुरका प्रवक्ता चेतराज भट्टले जानकारी दिनुभयो ।

    “अहिले घटनास्थलको सबै प्रक्रिया पूरा भइरहेको छ”, प्रवक्ता भट्टले भन्नुभयो, “विस्तृृत अनुसन्धान अब सुरु हुन्छ ।” अख्तियारले यहाँ ‘स्ट्रिङ अप्रेसन’ सञ्चालन गर्दै आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan