Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस)

घोराही (दाङ), ४ भदौः दाङमा प्रहरीले चार दिनको अवधिमा ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । 

    समाजमा हुने अवाञ्छित गतिविधि रोक्न, सम्भावित हुनसक्ने मानवीय क्षति कम गर्न र जङ्गली जनावरको अवैध चोरी–सिकारीमा प्रयोग हुनसक्ने अवैध हतियार बरामद अभियानलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डा हेमबहादुर केसीले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रको विभिन्न स्थानमा भरुवा बन्दुक लुकाईछिपाई राखेको अवस्थामा बरामद गर्नुका साथै यसबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।                                                                      

    प्रहरीले बङ्गलाचुली गाउँपालिकाबाट १४ नाल,  लमही नगरपालिकाबाट १३ नाल, तुलसीपुर उपमहानगरपालिकाबाट पाँच नाल, बबई गाउँपालिकाबाट दुई नाल, शान्तिनगर गाँउपालिका तथा घोराही उपमहानगरपालिकाबाट एक÷एक नाल भरुवा बन्दुक बरामद गरेको हो । प्रहरीले साउन महिनामा मात्रै ९० नाल भरुवा बन्दुक बरामद गरेको थियोे । प्रहरीले अवैध हतियार बरामद गर्ने अभियान चलाएपछि घरमा राखेका सबैले वनक्षेत्रमा हतियार लुकाउने गरेको पाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan