Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार |

काठमाडौँ, ४ भदौः नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका लागि एभर राइज स्पोर्टस प्रालि एपरेल पार्टनर (आधिकारिक पोसाक) का रूपमा आबद्ध भएको छ । 

    एभरराइज स्पोट्र्स कर्णाली याक्सका खेलाडी तथा पदाधिकारीका लागि आवश्यक जर्सी, खेल पोसाक तथा अन्य आधिकारिक पोसाक उपलब्ध गराउने उद्देश्यले एभर राइज स्पोट्र्स कर्णाली याक्ससँग साझेदारीमा जोडिएको हो । नेपाल प्रिमियर लिग (एनपिएल) ‘सिजन’ तीनका लागि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र  एभर राइज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

    सम्झौतासँगै कर्णालीले तेस्रो सिजनको एनपिएलमा एभर राइजको पोसाक लगाउनेछ । गत संस्करण पनि एभर राइज नै कर्णालीको एपरेल पार्टनर रहेको थियो । एभर राइज भारतीय स्पोर्टस वेयर कम्पनी हो । यो सम्झौतापछि कर्णाली याक्सका निर्देशक मल्लले लगातार दोस्रो वर्षको सहकार्यका लागि एभर राइजलाई धन्यवाद दिनुभयो । एभर राइजका निर्देशक सभमनले लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गर्नुभयो । सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले मिनी अक्सनबाट १३ खेलाडी टोलीमा अनुबन्धित गरिसकेको छ । एनपिएल आगामी अक्टोबर २६ तारिखदेखि सञ्चालन हँुदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan