Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)
newsabhiyan

सुदूरपश्चिम, ३ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी मुख्यमन्त्री भट्टले राखेको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा ३१ मत प्राप्त भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराउनुभयो । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता भट्टलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समर्थन रहेको छ ।

प्रदेशसभामा नेकपाका २२ प्रदेशसभा सदस्य  रहेका छन्, जसमा सभामुख र एक सदस्य निलम्बित अवस्थामा हुनुहुन्छ । यस्तै, एमालेका ११ प्रदेशसभा सदस्य हुनुहुन्छ ।

मुख्यमन्त्री भट्टको विपक्षमा १५ मत परेको छ । यहाँ विपक्षमा नेपाली कांग्रेसका १४ र राप्रपाका एक प्रदेशसभा सदस्य रहेका छन् ।

आजको बैठकमा कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती अनुपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan