Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘प्रदेशको समृद्धिलाई सबैले साझा विषय बनाएर काम गर्नुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

सुदूरपश्चिम, १ भदौः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ले प्रदेशको समृद्धिलाई सबैले साझा विषय बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    सुदूरपश्चिममा मनाइने सामाजिक तथा धार्मिक पर्व ओल्के, नागपञ्चमी र गुरहीका अवसरमा आज कैलालीको धनगढीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै नागरिकको प्रतिष्ठा प्रदेशको समृद्धिसँग जोडिएकाले मिलेर काम गर्नुपर्ने बताउनुभयो । 

    मन्त्री मल्लले समाजका सबैपक्ष, सामाजिक तथा धार्मिक सम्पदाको समग्र विकासले नै प्रदेश विकासको आधार तयार गर्ने भन्दै सरकारले नयाँ सोचसहित काम गर्ने उल्लेख गर्नुभयो । 
    उहाँले बजेट निर्माणमा देखिएको विवादकै कारण नयाँ गठबन्धन र नयाँ सरकार बनेकाले अब समृद्धिको खाका कोर्ने गरी बजेट निर्माण र त्यसको कार्यान्वयन गरिने उहाँको भनाइ थियो । 

    कार्यक्रममा प्रदेशका निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले बजेट निर्माणका क्रममा देखिएका समस्याबारे आफूहरुले मन्त्री भएकै अवस्थामा विरोध गरेको स्मरण गराउँदै नयाँ बजेट सुधारको खाकासहित आउनुपर्ने धारणा राख्नुभयो । उहाँले यसअघि सरकारले बनाएको बजेटमा असहमति जनाएकै कारण नयाँ गठबन्धन सरकार बनेकाले त्यसको ख्याल गर्न आग्रह गर्नुभयो । 

    कार्यक्रमका सहभागीले तीनवटै सामाजिक तथा धार्मिक पर्वको शुभकामना व्यक्त गर्दै नयाँ सरकारले सबै पक्षको भावनालाई बुझेर काम गर्ने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan