Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागमती प्रदेशसभा बैठक भदौ १ गते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | रासस

हेटौँडा, २९ साउनः बागमती प्रदेशसभाको बैठक आगामी भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले आज सूचना जारी गर्दै उक्त दिन दिउँसो १ः०० बजेका लागि बैठक आह्वान गरेको हो ।

प्रदेशसभा सचिवालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार जारी आठौँ अधिवेशनअन्तर्गत बस्ने बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्न लाग्नुभएको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखले बैठकको मिति र समय निर्धारण गर्नुभएको प्रवक्ता चापागाईँले बताउनुभयो ।

यसअघि चालु आर्थिक वर्षको बजेट पारित गर्ने प्रयोजनका लागि गत असार २० गते प्रदेशसभा बैठक बसेको थियो । त्यसपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक ४३ दिनपछि बस्न लागेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan