Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुख्यमन्त्री बानियाँद्वारा राजीनामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार | (रासस)
newsabhiyan

मकवानपुर, १ भदौः बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । 

बागमती प्रदेशसभाको आजको बैठकको सुरुमै उहाँले विकसित पछिल्लो राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न राजीनामा दिएको जानकारी दिनुभयो । 

मुख्यमन्त्री बानियाँले केही बेरमा प्रदेश प्रमुखसमक्ष राजीनामाको पत्र बुझाउनेसमेत जानकारी दिनुभयो ।

त्यस अवसरमा उहाँले प्रदेशको चालु खर्च घटाउन मन्त्रालय सङ्ख्या आठमा सीमित गरिएको, विपन्न परिवारका लागि आवास तथा क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माण गरिएको, यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाइएकोलगायत आफ्नो कार्यकालमा भएका जनहितका कार्यको चर्चा गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan