Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १ सोमबार | (रासस)
newsabhiyan

मकवानपुर, १ भदौः नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज ११ः००बजे बस्ने भएको छ । 

विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णयका लागि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णय हुने छ । 

“मुख्यमन्त्रीले राजीनामा दिने कि विश्वासको मत लिने भन्नेमा आज बस्ने संसदीय दलको बैठकबाट निर्णय लिइनेछ ।” प्रदेश सरकारका प्रवक्ता पनि रहनुभएका अर्थमन्त्री प्रभात तामाङले भन्नुभयो । 

प्रदेश सरकारमा नेकपा (एमाले) ले गत ६ साउनबाट समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि बानियाँ नेतृत्वको प्रदेश सरकार अल्पमतमा छ । 

नेपालको संविधानको धारा, १८८ को उपधारा (२) मा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभासमक्ष विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ । 

यस्तै, सोही धाराको उपधारा (१) र (२) अनुसार प्रस्ताव प्रदेशल सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसके मुख्यमन्त्री  पदमुक्त हुनेछन । 

त्यसपछि संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । 

बागमती प्रदेशसभामा ११० जना सांसद रहेकामा ६ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न राजिनामा दिएकाले अहिले १०४ जना सदस्य हुनुहुन्छ ।  विश्वासको मतका लागि  ५३ जना सांसदको समर्थन आवश्यक पर्दछ । 

बागमतीमा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेको ३६, नेकपा एमालेको उपभासमुखसहित २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को २६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan