Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोशी प्रदेश सरकारको प्रवक्तामा शेर्पा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)

विराटनगर, ३ भदौः कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई तोकेको छ ।

नयाँ मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो पटक बसेको उक्त बैठकले प्रदेश लोकसेवा आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

प्रवक्ता शेर्पाका अनुसार बैठकले राजनीतिक तथा प्रशासन समिति, कानुन, न्याय तथा प्रदेश मामिला समिति र आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार समिति निर्माणसँगै मुख्यमन्त्री सम्मेलनको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan