Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३ भदौः नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर उहाँले लोकतन्त्र र जनजीविकाका सवालमा कुनै पनि प्रकारको प्रश्न खडा हुन नहुने बताउनुभयो ।
     
भूराजनीतिक चलखेलले नेपाललको राष्ट्रियता र राज्यका अङ्गहरूमा खतरा पैदा गर्ने जनाउँदै सरकारले त्यस्ता खतराहरूबाट मुलुकलाई बचाउनुपर्नेमा नेता थापाको जोड थियो । 

सरकारले ट्रेड युनियन र विद्यार्थी सङ्गठन खारेज गरेर लोकतान्त्रिक अधिकारलाई कटौती गरेको टिप्पणी गर्दै उहाँले समाजमा महँगी, चोरी डकैती र अराजकता भइरहेको तथा सुकुमवासीको व्यवस्थापन भने हुन नसकेकामा आलोचना गर्नुभयो ।    
  
नेता थापाले सरकार संसदप्रति जवाफदेही नभए वा सत्ता पक्ष–प्रतिपक्षबीच सार्थक संवाद हुन नसके पुनः आन्दोलन हुन सक्नेतर्फ सचेत गराउनुभयो । उ

हाँको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan