प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |
काठमाडौं, ३ भदौ । साउन २६ गतेबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई आज प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ।
प्रधान सेनापतिले सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति हुनु भएका प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई समेत दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो।
कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो।
