Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रियसभाका सदस्यद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३ भदौ : राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको खानेपानी आयोजना सञ्चालन गर्न  ढिलाइ हुनलागेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।  
    
कर्णाली प्रदेशको खानेपानी आयोजनालाई पनि मेलम्चीकै अवस्थामा पु¥याउने गरी काम गराउन खोजिएकामा आपत्ति जनाउनुभयो ।

सदस्य सोमनाथ पोर्तेलले स्वास्थ्य स्वयंसेविकाको परिचालनबाट ज्येष्ठ नागरिकले औषधि पाउने र बालबालिकाले खोप पाउने अवस्था आएका जस्ता धेरै सकारात्मक काम विगत ३५ वर्षदेखि सुरु भएकाले केही भएन भन्ने भनाइ सन्तुलित रुपमा नआएको बताउनुभयो । 

गत वर्ष साउनको तुलनामा यस वर्ष आठ प्रतिशत बढी युवा वैदेशिक रोजगारीका लागि विदेश गएको उहाँले जानकारी दिनुभयो । 

सदस्य चन्द्रबहादुर केसीले गत वर्ष भदौ २३ र २४ गतेको घटनाका विषयमा अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । 

नेपालमा ५०० भन्दा धेरै रोहिङ्ग्या बढेको उल्लेख गर्नुहुँदै उहाँले तिब्बती शरणार्थी पनि गुम्बामा बढेकाले समस्या समाधान गर्न माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan