Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतीय स्थल सेनाध्यक्ष सेठ आज पोखरा पेन्सन क्याम्प जाँदै, दिउँसो स्वदेश फर्किने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ आज पोखरा जाने भएका छन्। उनले पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय (पेन्सन क्याम्प)को निरीक्षण तथा त्यहाँ रहेका भारतीय भूतपूर्व सैनिकसँग सम्बन्धित गतिविधिबारे जानकारी लिने कार्यक्रम रहेको छ।

नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रममा सहभागी भएका जनरल सेठ आजै आफ्नो चारदिने नेपाल भ्रमण सम्पन्न गरी दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्च सैन्य अधिकारीसँग भेटवार्ता गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्नसमेत प्रदान गरेका थिए।

भारतीय स्थल सेनाध्यक्षको भ्रमणलाई दुई देशका सेनाबीचको परम्परागत सैन्य सम्बन्ध, सहकार्य र आपसी समझदारीलाई थप मजबुत बनाउने कडीका रूपमा हेरिएको छ।
पोखरा भ्रमणपछि जनरल सेठ आज दिउँसो भारत प्रस्थान गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan