Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |

काठमाडौँ, २ भदौः  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित आठ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित पाँच म्यान्माका र तीन भारतीय नागरिकलाई आज पक्राउ गरेको हो ।  

    ब्यूरोका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार पक्राउ पर्नेमा थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत आएका पाँच म्यान्माका नागरिक छन् । 

    यस्तै, थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका तीन भारतीय नागरिक छन् । 

    प्रहरीले पक्राउ परेकासँग गाँजासहित आठ थान राहदानी र आठ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको सहप्रवक्ता निरौलाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan