Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मानवसेवा आश्रमद्वारा साउनमा २४८ जनाको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

काठमाडौँ, २ भदौः मानव सेवा आश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट २४८ जना सडक आश्रित मानवको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये १५७ पुरुष र ९१ जना महिला रहेका छन् । उद्धार गरिएका व्यक्तिहरूलाई देशभर रहेका विभिन्न शाखामा संरक्षण प्रदान गरिएको आश्रमले जनाएको छ  ।

    उद्धारसँगै पारिवारिक पुनःमिलनलाई प्राथमिकतामा राखेको आश्रमले साउन महिनामा पारिवारिक विवरण पहिचान भएका १८८ जनालाई परिवारसँग भेट गराइएको जनाएको छ । लामो समयदेखि परिवारबाट टाढिएका वा सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरूको उद्धार गरी तथा पारिवारिक सम्बन्ध स्थापित गर्दै पुनः परिवारमाझ फर्काउने कार्यलाई आश्रमले अभियानकै रूपमा अघि बढाउँदै आएको छ ।

    साउनमा सबैभन्दा बढी काठमाडौँस्थित पशुपति होल्डिङ सेन्टरबाट ८८ जनाको उद्धार गरिएको छ भने १७ जनाको पारिवारिक पुनःमिलन गराइएको छ । चितवन, रुपन्देहीस्थित तिलोत्तमा दाङ र सुनसरी शाखाले सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan