Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गर्ने दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |
newsabhiyan

काठमाडौं, २ भदौ  : सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय अजय बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने झापा दमक नगरपालिका-६ घर भएका ४३ वर्षीय भविन्द्र विक रहेका छन् । 

सार्वजनिक यातायातमा सवार भई काठमाडौं पुरानो बसपार्क देखि बिजुली बजार सम्म जाने क्रममा एक जना व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री साउन २७ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार काठमाडौं पठाइएको छ ।  

सुनको सिक्री लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ
भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीका विभिन्न स्थानबाट सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सुनको सिक्री लुटपाट गर्नेहरू काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-२ घर भएका ३२ वर्षीय योगेन्द्र तामाङ र काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ ढोईगाउँ घर भएका ३६ वर्षीय काले भन्ने देबेन्द्र थापा मगर तथा चोरी भएको सुन खरिद गर्नेहरू काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ मालबासे घर भएका ४० वर्षीय मिलन विक र काठमाडौं महानगरपालिका-१८ भेडासिंह बस्ने भारत कलकत्ता वेष्ट बंगाल घर भएका ४० वर्षीय संजित साम्नत रहेका छन् । 

भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बिग मार्ट नजिकमा गत असार २६ तथा लोकन्थली हनुमान चोकमा गत असार ३० गते मोटरसाइकलमा सवार अपरिचित २ जना व्यक्तिहरूले पैदल हिँडिरहेका महिला तथा जेष्ठ नागरिकहरूको घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan