Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागुऔषधसहित दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार |

काठमाडौँ, २ भदौः चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ चार ग्रामसहित रोल्पा गङ्गादेव गाउँपालिका-२ बस्ने ३३ वर्षीय टेकम परियारलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सुपप्र०१-००१ ख ३६८४ नम्बरको बसमा सवार निजलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

    त्यस्तै झापाको बिर्तामोड नगरपालिका-२ बालुवाटारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम १४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ४० वर्षीय श्यामलाल ताजपुरियालाई प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan