Tuesday 18th of August | २०८३ भदौ २ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २ मंगलबार | (रासस)

काठमाडौँ, २ भदौः तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको छ । 

    विजयी सुरुआत गर्ने क्रममा नेपालले आज भएको पहिलो खेलमा कर्नाटक राज्यस्तरीय टोलीलाई ११६ रनले हरायो । यस खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४५ ओभरमा १८८ रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले ७० बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले ।

    इशान पाण्डेले ३४, देव खनाल र सन्दीप जोराले २७/२७, बसिर अहमदले अविजित १९ तथा गुलशनकुमार झाले ११ रन जोडे । कर्नाटकका लागि क्रिती एमले आठ ओभरमा एक मेडनसहित २० रन दिएर सर्वाधिक पाँच विकेट हात पारे ।

    नेपालले दिएको १८९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कर्नाटक २८ ओभरमा ७२ रनमै अलआउट भयो । उसका लागि शरथ श्रीवास्तावले ६५ बलमा तीन चौकासहित सर्वाधिक ३२ रन बनाए । उनी अविजित रहे पनि कर्नाटकका अरू ब्याटर सस्तैमा आउट भए ।

    कर्नाटकलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि बलिङतर्फ करण केसी, ललितनारायण, शेर मल्ल र बसिर अहमदले दुई/दुई विकेट लिए । यस्तै, कप्तान सन्दीप लामिछाने र हेमन्त धामीको नाममा एक/एक विकेट रह्यो ।

    नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ । १० दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्नेछ । मलेसियामा तीन दिन अभ्यास गरेर नेपाली टिम प्रतियोगिता खेल्ने तयारीमा छ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल भदौ १५ मा बहराइनको सामना गर्नेछ । त्यसपछि प्रतियोगितामा नेपालको भेट मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan