Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मन्त्रिपरिषद्को नियमित बैठक आज, प्रधानमन्त्री बालेनले बोलाए बैठक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |
newsabhiyan

मन्त्रिपरिषद्को नियमित बैठक आज (बुधबार) दिउँसो बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्ताव, प्रशासनिक निर्णय तथा जनजीविकासँग सम्बन्धित विषयमा आवश्यक निर्णय हुन सक्नेछ।

मन्त्रिपरिषद् बैठकले समसामयिक राष्ट्रिय विषय र सरकारका आगामी कार्यक्रम तथा कार्यदिशाबारे समेत छलफल गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan