Wednesday 19th of August | २०८३ भदौ ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'जुनियर मोडल इन्टरनेसनल २०२६' मा भाग लिन थाइल्याण्ड उडे शिवांशु, सुर्यान्श र अदिश्री

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३ बुधबार |
newsabhiyan

काठमाडौं । थाइल्याण्डमा आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको बालबालिका सम्बन्धी प्रतियोगतिा 'जुनियर मोडल इन्टरनेसनल २०२६' मा नेपालका तर्फबाट तीन बाल बालिका शिवांशु अर्याल, सुर्यान्श श्रेष्ठ र अदिश्री आचार्यले सहभागीता जनाउने भएका छन् ।

आजबदेखि ९ गतेसम्म  -१९ तारिखदेखि २५ तारिखसम्म) सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन उनीहरु मंगलबार साँझ थाइल्याण्ड उडेका छन् ।

करिब २० देखि २५ देशका बालबालिकाहरू सहभागी हुने प्रतियोगीतामा नेपाली प्रतिस्पर्धीहरू मध्य अदिश्रीले नेपालको स्थानीय कपडा 'ढाका' को प्रवद्र्धन गर्नेछिन् ।

उनले ढाकाको पहिरन मार्फत नेपाली मौलिक फेब्रिकको अन्तर्राष्ट्रियस्तरमा बजारीकरण र यसको महत्वबारे प्रेजेन्टेसन दिने तयारी गरेकी छिन् ।

शिवांशुले नेपालको ऐतिहासिक 'ढुङ्गेधारा' को विषयलाई आफ्नो मुख्य प्रस्तुतिका रूपमा छानेका छन् । उनले ढुङ्गेधाराको इतिहास र वास्तुकला झल्किने भेषभूषासहित सो सम्बन्धी विशेष मन्तव्य राख्नेछन् ।

सुर्यान्शले विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दूत भगवान बुद्धको देशका रूपमा नेपाललाई चिनाउनेछन् ।

उक्त कार्यक्रममा नेपाली टोलीले पहिलो पटक बाजागाजा र मौलिक भेषभूषासहित नेवारी संस्कृति र परम्परा झल्किने गीतमा तीनै जना प्रतिस्पर्धीले विशेष प्रस्तुति दिनेछन् ।

सहभागी सबै प्रतियोगीलाई प्रतियोगितामा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सहभागी गराउन लागेको हो ।

प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी हुँदैछन् ।

प्रतियोगितामा सहभागीहरूको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।

प्रतियोगिताले नेपाली कला, संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan