Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामुदायिक र कबुलियती वन पुरस्कृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २८ बिहीबार | (रासस)

चितवन, २८ साउनः जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समिति र कबुलियती वनमध्ये गत आर्थिक वर्षमा संरक्षणतर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ वटा वनलाई पुरस्कृत गरिएको छ । डिभिजन वन कार्यालय चितवनले डिभिजनस्तरी उत्कृष्ट सामुदायिक र कबुलियती वनलाई पुरस्कृत गरेको हो ।
 
    सामुदायिकतर्फ दूधकोसी नमुना सामुदायिक वन उपभोक्ता समित राप्ती नगरपालिका प्रथम भएको छ । इन्द्रेणी सामुदायिक वन उपभोक्ता समिति भरतपुर महानगरपालिका-२९ द्वितीय र रामबेल सामुदायिक वन उपभोक्ता समिति भरतपुर महानगरपालिका-१२ तृतिय भएको छ । 

    यस्तै, कबुलियतीतर्फ क्रमशः चुवार टाँडी कबुलियती वन उपभोक्ता समूह कालिका नगरपालिका-८, जलजला कबुलियती वन उपभोक्ता समूह इच्छाकामना गाउँपालिका-७ र दैत्यटार कबुलियती वन उपभोक्ता समूह राप्ती नगरपालिका-१० प्रथम, द्वितीय र तृतीय भएका छन् ।
 
    उनीहरूलाई आज एक कार्यक्रमका बीच नगदसहित पुरस्कृत गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले पुरस्कृत वनलाई क्रमशः रु १२, नौ र सात हजारका दरले पुरस्कार र सम्मान गर्नुभएको हो । सामुदायिक वनको संरक्षण, व्यवस्थान, जैविक विविधता संरक्षण, पर्या-पर्यटन प्रवर्द्धन, जीविकोपार्जनलगात क्षेत्रमा गरेका सुधारका आधारमा सामुदायिक र कबुलियती वनलाई पुरस्कृत गरिएको हो ।

    कार्यक्रममा बागमती प्रदेशस्तरीय उत्कृष्ट सामुदायिक वनमा परेको र गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित चर्तुमुखी सामुदायिक वन उपभोक्ता समितिलाई सम्मान गरिएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले वन संरक्षणले वातावरणलाई सन्तुलन राख्न मद्दत पुग्ने बताउनुभयो । 

    वन संरक्षण गर्नसके मानव जीवनलाई स्वस्थ राख्न सहयोग पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा समन्वय समिति उपप्रमुख कल्पना काफ्ले, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुन, जिल्ला समन्वय अधिकारी नवराज सापकोटा, डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यलगायतले वन संरक्षणमा स्थानीयको सहभागिताका विषयमा धारणा राख्नुभएको थियो । यस कार्यालयअन्तर्गत ९३ सामुदायिक र ४३३ वटा कबुलियती वन रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan