Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सङ्घका पूर्वअध्यक्ष नगेन्द्रराज शर्माको सम्झनामा कविगोष्ठी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |

काठमाडौँ, २५ साउनः नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा आज यहाँ ‘कवि गोष्ठी’को आयोजना गरियो । 

    विसं १९९४ चैत २२ गते रामेछापको मन्थलीमा जन्मिनुभएका शर्माको विसं २०८२ असार ३१ गते ८९ वर्षको उमेरमा निधन भएको थियो । 

    कथा, उपन्यास, कविता र नाटक विधामा कलम चलाउनुभएका शर्माका महापुरुष (उपन्यास–२०२८), दिवा स्वप्न (उपन्यास–२०२९), पीपलको बोटमुनि (कथासङ्ग्रह–२०३९), एकान्तका आफन्तहरू (कथासङ्ग्रह–२०५५) लगायत कृति प्रकाशित छन् ।

    ‘सम्झनामा कविगोष्ठी’का सभाध्यक्ष रहनुभएका सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले शर्माको व्यक्तित्व तथा कृतित्वका बारेमा चर्चा गर्नुभएको थियो । अध्यक्ष दुवालले शर्माको योगदान अविष्मरणीय रहेकाले साहित्यिक जगत्ले निरन्तर सम्झिने विश्वास व्यक्त गर्दै उहाँको स्मरणमा कविता वाचन पनि गर्नुभयो । उहाँले कार्यक्रममा वाचन गरिएका कविता जनमत साहित्यिक मासिकमा विशेषाङ्कका रूपमा प्रकाशित गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

    वरिष्ठ साहित्यकार डा तुल्सी भट्टराईले शर्माले जे–जति भाषा, साहित्यमा योगदान पु¥याउनुभयो, त्यो महत्वपूर्ण रहेको बताउँदै उहाँका अभिव्यक्तिले थुप्रै स्रष्टाहरू जन्माउन सफल भएको उल्लेख गर्नुभयो । 

    सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकाली, अभिव्यक्तिका सम्पादक पवन आलोकलगायत विष्णुप्रसाद शर्मा पराजुलीले नगेन्द्रराज शर्माको व्यक्तित्व र साहित्यिक पत्रकारिताका क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै कविता वाचन गर्नुभयो ।

    शर्माका जेष्ठ सुपुत्र प्रणयराज शर्माले आफ्ना पिताप्रति कवितामार्फत श्रद्धासुमन व्यक्त गर्नुभयो । सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बूढाथोकी, केन्द्रीय उपाध्यक्ष रामप्रसाद पन्त, बालिका गिरी तथा पूर्वकेन्द्रीय पार्षद् अच्युत घिमिरेले शर्माको साहित्यिक पत्रकारिता, व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभयो ।

    सङ्घका केन्द्रीय सल्लाहकार तथा भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल, भाषा आयोगका सदस्य डा पुष्करराज भट्ट, सङ्घका उपाध्यक्ष नवराज पुडासैनी, कोषाध्यक्ष सूर्यप्रसाद लाकाजु, केन्द्रीय सदस्यहरू डा शैलेन्दुप्रकाश नेपाल, ठाकुर शर्मा भण्डारी, यादव भट्टराई, रामसुन्दर देउजा, जगत वाशिष्ट, झ्याउरे कविताका अभियन्ता तथा हाइकुकार रेणुका भट्टराई ‘मञ्जरी’ले शोक कविता प्रस्तुत गर्नुभयो ।

    केन्द्रीय कोषाध्यक्ष डा कृष्ण सुवेदी ‘भारद्वाज’, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, देविका तिमिल्सिना, डा राजेन्द्रप्रसाद अधिकारी, मणि लोहनी, कृष्ण प्रधान, सङ्घ पूर्वसदस्य प्रा डा सावित्री श्रेष्ठ, डा दामोदर पुडासैनी ‘किशोर’, प्रह्लाद पोखरेल, डा रामप्रसाद दाहाल, ललिता दोषी, कृष्ण बाउसे, डा छायादत्त न्यौपाने, तेजविलास अधिकारी, राममणि ढुङ्गेल, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, बुद्धिराज पाण्डे, तुलसीराम पुडासैनी, सृजना दुवाल, डा शेखरकुमार श्रेष्ठ, गोपाल बराल, वसन्त रिजाललगायत ४१ जनाले शोक कविता वाचन गरेर श्रद्धासुमन प्रकट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan