Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कञ्चन पत्रकारिता पुरस्कार’बाट मगर र जिटी सम्मानित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २२ शुक्रबार | रासस

 गण्डकी, २२ साउनः नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ बाट कास्कीका पत्रकार खेम सारुमगर र स्याङ्जाका गोपाल जिटी सम्मानित हुनुभएको छ ।

बिहीबार पोखरामा आयोजित पुरस्कार वितरण समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र पुरस्कार कोषका दाता विमलमान गुभाजुले जनही रु २५ हजारसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

सारुमगर सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखरामा र जिटी प्रमाण मिडिया ग्रुप प्रालिअन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत हुनुहुन्छ । ‘फोनिज’को २७ औँ स्थापना दिवसका अवसर पारेर पत्रकारद्वयलाई पुरस्कृत गरिएको ‘फोनिज’ गण्डकीका अध्यक्ष खिमा गुरुङले जानकारी दिनुभयो । 

पोखराका व्यवसायी विमलमान गुभाजु र उहाँको परिवारले आफ्ना बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारीको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । यसअघि उक्त पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरकी कमला राना र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan