Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |

चितवन, २१ असोज : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी शिक्षालय भरतपुरमा बुधबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१८०औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८०औं समूहका प्रशिक्षार्थीहरूद्वारा तयार पारिएको “ASI Basic 2-180th Batch : A MEMOIR” पुस्तक समेत विमोचन गर्नुभयो । 

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले शारीरिक र मानसिक रूपमा कठिन यस आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल हुनुभएकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जिवनको शुभकामना समेत व्यक्त गर्नुभयो ।

आधारभूत तालिम कुनै पनि प्रहरी अधिकृतको समग्र सेवाकालको प्रमुख आधारस्तम्भ भएको चर्चा गर्दै तालिमका दौरानमा सिकेका व्यावसायिक सीपले कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि सही निर्णय लिन सक्षम बनाउने बताउनुभयो । 

प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले व्यक्ति भन्दा माथि सधै संगठन रहने मूल मन्त्रलाई आत्मसात् गर्दै जस्तोसुकै परिस्थितिमा पनि व्यक्तिगत स्वार्थ, लोभ र पूर्वाग्रह भन्दा माथि उठेर संगठनको साख, मर्यादा र राष्ट्रहितलाई सदैव सर्वोपरि मानी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । 

उक्त कार्यक्रममा शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद मन्तव्य समेत व्यक्त गर्नुभएको थियो ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक लोक बहादुर जिसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८२ भदौ २२  गतेदेखि संचालित उक्त तालिममा ४३ जना महिला सहित कुल ३ सय १० जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।  

समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, प्रदेशस्थित सुरक्षा निकायका पदाधिकारीहरू विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरू, प्रशिक्षार्थीहरूका अभिभावक तथा परिवारजनहरू, समाजसेवी, संचारकर्मीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan