Friday 9th of October | २०८३ असोज २३ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बसको ठक्करबाट मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २३ शुक्रबार |

नवलपुर (नवलपरासी), २३ असोजः पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 
आज साँझ जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बा ५ ख ७९२ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितकाअनुसार बसको ठक्करबाट करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । बसको ठक्करबाट घाइतेको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको छ ।

    ठक्कर दिने बस र बस चालक कावासोती–१४ का ४६ वर्षीय नारायण महतोलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको र मृतकको पहिचान नखुलेको जनाउँदै पहिचानका लागि प्रहरीले मृतक तस्बिर सार्वजनिक गरेको जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan