बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |
काठमाडौं, २६ असोज । गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।
गृहमन्त्री गुरुङ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीका लागि प्रस्थान गरेका हुन्।
बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक मंगलबार नयाँदिल्लीमा आयोजना हुँदैछ।
बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरूबीच आन्तरिक सुरक्षा तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
