Monday 12th of October | २०८३ असोज २६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २६ सोमबार |
newsabhiyan

नवलपुर (नवलपरासी), २६ असोजः नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले आज गैँडाकोट-५ को कुसुमघाटस्थित भित्री सडकमा ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कुल बसको ठक्करबाट गैँडाकोट-६ का अन्दाजी २४ वर्षीय राजु थापाको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक गैँडाकोट-१ का ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan