जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २७ मंगलबार |
काठमाडौं, २७ असोज : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएका २१ वर्षीय मिलन बस्नेतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मिलनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

