Thursday 15th of October | २०८३ असोज २९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इयुको बजेटमा मतभेद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २९ बिहीबार | (रासस-एएफपी)

ब्रसेल्स, २९ असोज : युरोपेली सङ्घ (इयु) को सन् २०२८ देखि २०३४ सम्मको करिब दुई खर्ब युरोको बजेटमा सदस्य राष्ट्रबीच मतभेद चुलिएको छ ।

आगामी वर्ष फ्रान्ससहित विभिन्न देशमा निर्वाचन हुन लागेकाले राजनीतिक परिवर्तनबाट वार्ता प्रभावित हुन सक्ने चिन्ताबीच नेताहरूले डिसेम्बरभित्र सहमति जुटाउने प्रयास गरिरहेका छन् ।

फ्रान्सको राष्ट्रपति निर्वाचनमा अग्रस्थानमा रहेकी अतिदक्षिणपन्थी नेतृ मरिन ले पेनले इयुको बजेटमा फ्रान्सको योगदान घटाउनुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनअघि बजेट पारित गर्नु लोकतान्त्रिक दृष्टिले गलत हुने टिप्पणी गर्नुभयो ।

बजेटमा कृषि, रक्षा, आर्थिक प्रतिस्पर्धा र आप्रवासनसम्बन्धी खर्च समेटिनेछ । आयरल्यान्डले प्रस्तुत गरेको पछिल्लो प्रस्तावमा बजेटबाट करिब एक खर्ब ४० अर्ब युरो कटौती गर्ने सुझाव दिइए पनि सदस्य राष्ट्रबीच सहमति जुट्न सकेको छैन ।

जर्मनीको नेतृत्वमा रहेका नेदरल्यान्ड्स र स्विडेनलगायतका देशले ठूलो बजेट कटौतीको माग गरेका छन् । फ्रान्सले भने बढ्दो चुनौती सामना गर्न पर्याप्त बजेट आवश्यक रहेको भन्दै कटौतीको विरोध गरेको छ । कृषि तथा क्षेत्रीय विकासमा थप रकम चाहने राष्ट्रहरूको अर्को समूह पनि छ ।

फ्रान्सले डिजिटल सेवा, क्रिप्टो सम्पत्ति, अनलाइन जुवा तथा ठूला कम्पनीमा कर लगाएर इयुको आम्दानी बढाउनुपर्ने प्रस्ताव गरेको छ । आगामी निर्वाचनबाट इयुप्रति असन्तुष्ट दल सत्तामा आएमा बजेटसम्बन्धी सहमति झन् कठिन हुन सक्ने कूटनीतिज्ञहaरूले बताएका छन् ।

इयुको बजेट वार्तालाई अघि बढाउन युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले नेतृत्व गर्नुहुनेछ । सहमति जुटाउने प्रयासमा नोभेम्बरको अन्त्यमा विशेष बैठक आयोजना गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan