अफगानिस्तानमा दुई गाडी ठोक्किँदा ४ जनाको मृत्यु, ३ घाइते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार | (रासस/सिन्ह्वा)
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा तीव्र गतिमा रहेका दुई सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
सिन्ह्वाका अनुसार शुक्रबार साँझ कुन्दुज प्रान्तको दश्त अबदान क्षेत्रमा टोयोटा फोररनर र विपरीत दिशाबाट आइरहेको टोयोटा कोरोला कार एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा दुवै सवारीसाधनमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्। दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।
घाइतेहरूको उपचार तथा दुर्घटनाबारे थप विवरण भने समाचारमा उल्लेख गरिएको छैन।

