Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करिब ९१६ किलो गाँजासहित चार जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | रासस

सुनसरी, कात्तिक १ । सुनसरीको इनरुवा नगरपालिका–४, ज्ञानोदय टोलबाट करिब ९१६ किलो गाँजाजस्तो देखिने पदार्थसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुलबुल यादवको घर तलासी गर्ने क्रममा ९१५ किलो ६८० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला पारेको थियो। उक्त पदार्थ बरामद गरेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट प्रदेश १–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू, बरामद लागूऔषध तथा मोटरसाइकलका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan