Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार |

काठमाडौं,  
सिन्धुली, फिक्कल गाउँपालिका(६ नागथानस्थित सडकमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को। १ ज २९७६ नम्बरको सुमो गाडी अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा सुमोमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका(५ बस्ने २१ वर्षीया युपना राई सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक र सुमोमा सवार १ जनाको जिल्ला अस्पताल सिन्धुली र सुमोमा सवार अन्य २ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । 
सुनसरी, इनरूवा नगरपालिका(४ बसचोकस्थित सडकमा लु।२ ख ६९१२ नम्बरको ट्रकले को। २५ प २७४९ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका(९ बबिया बस्ने ५० वर्षीया रिता देवी यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
उदयपुर, कटारी नगरपालिका(५ भोर्लेस्थित सडकमा प्र।१(०५(००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा। ०१(००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठक्कर खाई दुर्घटना शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
 धनुषा, जनकपुर उपमहानगरपालिका(१७ तेतरिया पुलस्थित सडकमा ज।११ प ३०५८ नम्बरको मोरटसाइकल र म। प्र।०२(००९ प ११५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा ज।११ प ३०५८ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका(१७ बस्ने १८ वर्षीय सुजित यादवको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ज।११ प ३०५८ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा र म। प्र।०२(००९ प ११५७ नम्बरको मोटरसाइकलमा सवार २ जनाको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । 
मोरङ, सुनवर्षी नगरपालिका(५ झुङगी टोलस्थित सडकमा बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल र प्र।१(०२(०४५ प। ८९६६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका(९ डाईनिया बस्ने ४७ वर्षीय शिव कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बीआर ३८ एच ३५०४ नम्बरको मोटरसाइकलमा सवार १ जनाको प्राइम अस्पताल विराटनगरमा र प्र।१(०२(०४५ प। ८९६६ नम्बरको मोटरसाइकल चालकको नोबल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 
रौतहट, मौलापुर नगरपालिका(२ मर्यादपुरस्थित सडकमा बा।३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार फतुवा बिजयपुर नगरपालिका(२ सितलपुर बस्ने ७० वर्षीया सोमरिया देवी ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राजलक्ष्मी प्रालि अस्पतालमा कलैया बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकल सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।   
रोल्पा, माडी गाउँपालिका(१ चालाङ भीरस्थित सडकमा घर्तीगाउँबाट पेदिखोलातर्फ जाँदै गरेको लु। प्र। ०२(००१ ह १९४७ नम्बरको अटो आइतबार बिहान दुर्घटना हुँदा अटोमा सवार सोही गाउँपालिका(१ घोर्नेटी बस्ने ३२ वर्षीया खुमा कुमारी भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्मृती अस्पताल घर्तीगाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अटोमा सवार १ जनाको  रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan