Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनोज केसी प्रहरी महानिरीक्षक नियुक्त

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
newsabhiyan

सरकारले नेपाल प्रहरीको नेतृत्वमा एआईजी मनोज केसीलाई पुर्‍याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रहरी संगठनको नेतृत्व चयन गर्ने महत्त्वपूर्ण निर्णयसँगै केसीले अब नेपाल प्रहरीको कमान्ड सम्हाल्नेछन्। सुरक्षा चुनौती, संगठनभित्रको आन्तरिक व्यवस्थापन, प्रहरीको व्यावसायिकता र जनविश्वास पुनर्स्थापनाको जिम्मेवारी नयाँ आईजीपीको काँधमा आएको छ।

प्रहरी नेतृत्व परिवर्तनसँगै संगठनभित्र देखिएका चुनौतीलाई कसरी सम्बोधन गर्छन् भन्ने चासो पनि बढेको छ। अपराध नियन्त्रणदेखि राजनीतिक हस्तक्षेपमुक्त प्रहरी प्रशासन, सरुवा–बढुवामा निष्पक्षता, अनुसन्धानको विश्वसनीयता र नागरिकमैत्री प्रहरी सेवा उनको नेतृत्वका प्रमुख परीक्षा हुनेछन्।

अब केसीका लागि पद प्राप्त गर्नु मात्रै उपलब्धि होइन, प्रहरी संगठनको साख, स्वायत्तता र व्यावसायिक मर्यादा जोगाउँदै परिणाममुखी नेतृत्व दिनु वास्तविक चुनौती हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan