आईजीपी दानबहादुर कार्की पदमुक्त, प्रधानमन्त्री कार्यालय मातहत सल्लाहकारको जिम्मेवारी
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
काठमाडौं, १८ कात्तिक । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरेको हो।
निर्णयसँगै कार्की प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट मुक्त भएका छन्। सरकारले उनलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी नयाँ जिम्मेवारी दिएको छ।

