Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन उत्साहजनक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार | (रासस)

काठमाडौँ, १९ कात्तिकः आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन प्रगति उत्साहजनक रहेको पाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत पहिलो त्रैमासिकमा रु २३९.३ करोड खर्च भएको छ ।

त्यसमध्ये ८८ प्रतिशत पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताउनुभयो । 

उहाँका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर)ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाले यस अवधिमा रु ४३.७ करोड खर्च गरेको छ । जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो ।

महानिर्देशक रजौरियाले त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा  सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानीजमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यी चार ठूला आयोजनाले मात्र रु १३९ करोड खर्च गरेका छन्, जुन विभागको कुल खर्चको ५८ प्रतिशत हो ।” 

विभागका अनुसार प्रगन्ना–बड्कापथ (दाङ)ले ८८.२ प्रतिशत प्रगति गरेको छ । गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य पूरा गरेका छन् ।

महानिर्देशक रजौरियाले भन्नुभयो, “तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन् । दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan