बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं, १९ कात्तिक : बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका-६ बस्ने ४०वर्षीयसुबिन बैदार र काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने गोरखा घर भएका ३२ वर्षीय दुर्गा गुरूङ बस्नेत रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८३ असार ३२गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ करिड ५१ लाख जरिवाना र१ वर्ष कैद सजाय ठहर भई फरार रहेका सुबिनलाई काभ्रे बनेपा नगरपालिका-७ बनेपाबाट बुधबार पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका दुर्गालाई काठमाडौं नागार्जुन नगरपलिका-१ रानीवनबाट मंगलबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये सुबिनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने दुर्गालाईआवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्तकालिमाटीपठाइएको छ ।


