Thursday 5th of November | २०८३ कार्तिक १९ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गगन थापा : ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १९ बिहीबार |
newsabhiyan

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कमजोर नैतिक धरातलमा नरहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले गलत प्रश्न आफूलाई नभई सही प्रश्न सही ठाउँमा सोध्न आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ। ढुक्क हुनुहोस्– म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।’

थापाले आफ्नो नैतिकता र आचरणमाथि विश्वास व्यक्त गर्दै अंग्रेजीमा ‘MY HANDS ARE CLEAN!’ अर्थात् ‘मेरो हात सफा छ’ भन्दै आफ्नो बचाउ गरेका छन्।

फेसबुकमार्फत सार्वजनिक उनको अभिव्यक्तिले पछिल्लो समय उठिरहेका प्रश्न र आलोचनाप्रति आफ्नो धारणा स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan