Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश प्रमुख कर्णद्वारा दीपावली, भाइटीका र छठको शुभकामना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | (रासस)

जनकपुर, २१ कात्तिकः मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले दीपावली, भाइटीका तथा छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    प्रदेश प्रमुख कर्णले आज शुभकामना सन्देश जारी गर्दै यी पर्वले सामाजिक सद्भाव, पारिवारिक सम्बन्ध र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको हो ।

    उहाँले दीपावलीले अन्धकारमाथि प्रकाश र निराशामाथि आशाको विजयको सन्देश दिने तथा भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउने उल्लेख गर्नुभएको छ ।

    त्यसैगरी, छठ पर्वले प्रकृति र जीवनप्रति श्रद्धा तथा कृतज्ञताको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै उहाँले यी पर्वले पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

    विविधता, सहिष्णुता र पारस्परिक सम्मानमा आधारित सामाजिक एकतालाई बलियो बनाउँदै मधेस प्रदेशसहित समग्र मुलुकमा शान्ति, सुशासन, समृद्धि र भाइचाराको भावना विस्तार गर्न पर्वहरूले प्रेरणा दिने उहाँको भनाइ छ ।

    प्रदेश प्रमुख कर्णले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्दै उज्ज्वल भविष्य निर्माणका लागि सबैलाई एकताबद्ध हुन आह्वानसमेत गर्नुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan