Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाल यौन शोषण रोकथाम दिवस आज

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |

काठमाडौँ, २ मङ्सिरः बालबालिकामाथि हुने यौन शोषण, दुव्र्यवहार तथा हिंसा रोकथाम  दिवस हो । आजदेखि नै रोगाणुरोधी औषधिप्रतिको प्रतिरोध (एएमआर) बारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुकमा अभियान सुरु भएको छ । 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर १८ मा बालबालिकामाथि हुने यौन शोषण, दुव्र्यवहार तथा हिंसा रोकथाम र त्यसबाट प्रभावितको उपचार तथा पुनःस्थापनासम्बन्धी यो विश्व दिवस मनाइन्छ । राष्ट्रसङ्घको महासभाले सन् २०२२ नोभेम्बर ७ मा प्रस्ताव पारित गरी नोभेम्बर १८ लाई उक्त दिवसका रूपमा मनाउने घोषणा गरेको हो । 

बालबालिकामाथिको यौन शोषण र दुव्र्यवहार मानव अधिकारको उल्लङ्घन हुनुका साथै सार्वजनिक स्वास्थ्यको गम्भीर समस्या हो । यसले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य र विकासमा दीर्घकालीन असर पार्न सक्छ । यस्ता घटना रोक्न, पीडितलाई न्याय र उपचारमा पहुँच सुनिश्चित गर्न तथा दोषीलाई जवाफदेही बनाउन दिवसले जोड दिन्छ । अनलाइन तथा प्रत्यक्ष रूपमा हुने यौन शोषण, दुव्र्यवहार र हिंसा अन्त्य गर्न जनचेतना बढाउनुका साथै पीडितप्रतिको सामाजिक लाञ्छना हटाउन पनि राष्ट्रसङ्घले आह्वान गरेको छ ।

यसैगरी, ‘एक स्वास्थ्य, एक कार्यः एएमआर अहिले नै रोकौँ’ आजदेखि नोभेम्बर २४ सम्म विश्व रोगाणुरोधी प्रतिरोध सचेतना सप्ताह मनाइँदैछ । मानिस, पशुपक्षी, वनस्पति र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएकाले औषधिप्रतिको प्रतिरोध रोक्न सबै क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेकामा अभियानले जोड दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीमा समयक्रमसँगै परिवर्तन आएर तिनलाई नियन्त्रण गर्न प्रयोग गरिने औषधिले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई रोगाणुरोधी प्रतिरोध भनिन्छ । यस्तो प्रतिरोध बढ्दै जाँदा एन्टिबायोटिकलगायत औषधि प्रभावहीन बन्ने र सङ्क्रमणको उपचार कठिन वा असम्भव हुने जोखिम बढ्छ ।

एन्टिबायोटिक तथा अन्य रोगाणुरोधी औषधिप्रतिको बढ्दो प्रतिरोध नियन्त्रण गर्न सन् २०१५ मेमा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको ६८औँ विश्व स्वास्थ्य सभाले विश्वव्यापी कार्ययोजना अनुमोदन गरेको हो । उक्त योजनाको प्रमुख उद्देश्य प्रभावकारी सञ्चार, शिक्षा र तालिममार्फत एएमआरबारे चेतना अभिवृद्धि गर्नु हो ।

एएमआर नियन्त्रणका लागि औषधिको उचित प्रयोग, सङ्क्रमण रोकथाम, सरसफाइ तथा सुरक्षित खाद्य प्रणालीको प्रवद्र्धन र मानिस, पशुपक्षी तथा वातावरणको स्वास्थ्यलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा सङ्गठनले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan