Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
newsabhiyan

बागमती, २ मङ्सिरः काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको  छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त  सुरुङको ब्रेक थ्रु गर्नुभएको हो ।

त्यस कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि समेत महत्त्वपूर्ण रहेको बताउनुभयो ।

द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको उहाँले प्रशंसासमेत गर्नुभयो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको काम निर्धारित  समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो । 

नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजनाको भौतिक प्रगति हाल सम्म ५०.५४ प्रतिशत भएको कार्यक्रममा जानकारी दिइयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan