Wednesday 18th of November | २०८३ मङ्सिर २ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर २ बुधबार |
newsabhiyan

रसुवा, २ मङ्सिरः गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा-टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।

विस्थापित ६८ घरधुरीमध्येबाट ४८ जना  यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् ।

बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौँमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् ।

स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्येबाट  ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उहाँले बताउनुभयो ।

सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उहाँको भनाइ छ ।

विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उहाँले जानकारी दिनुभयो ।

बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौँमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले खेती किसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताउनुभयो ।

टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए ।

तीमध्ये १५१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए । सरकारले अहिलेसम्म पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय नगर्दा उनीहरू अन्योलमा परेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan