Sunday 22nd of November | २०८३ मङ्सिर ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |
newsabhiyan

सुनसरी, ६ मङ्सिरः जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा  लिएको छ ।

गएराति भेडेटारबाट धरानतर्फ आइरहेको बीआर११ वाई ३०३९ भारतीय नम्बर प्लेटको स्कार्पियोलाई प्रहरीले धरान–२ भानुचोकमा रोक्न खोज्दा भागेपछि सेउती पुलबाट निजलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख भिष्णुबाबु राईले जानकारी दिनुभयो ।
    
उक्त सवारी साधन चेक जाँच गर्दा १६ वटा कालो बोरामा राखिएको चार क्विन्टल ९९ किलो गाँजा बरामद भएको उहाँले बताउनुभयो । प्रहरीले चालक साह र बरामद भएको सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan