Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | कमलकुमार बस्नेत/रासस
newsabhiyan

नयाँदिल्ली, ७ मङ्सिरः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

यहाँस्थित हैदराबाद हाउसमा भएको वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्दै आपसी हित र चासोका विषयमा छलफल भएको छ ।

विशेषगरी आर्थिक सहकार्य, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार विकास, सीमापार सम्पर्क सञ्जाल तथा विकास साझेदारीका विषयमा छलफल केन्द्रित रहेको थियो ।

वार्तामा दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने र आगामी दिनमा आर्थिक विकास तथा समृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान भएको छ । क्षेत्रीय तथा अन्तरराष्ट्रिय चासोका विषयमा समेत छलफल भएको जनाइएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई तथा भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री डा एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिनप्रसाद, प्रधानमन्त्रीका प्रधान सचिवद्वय डा पी. के. मिश्र र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत सहभागी हुनुहुन्थ्यो ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि प्रतिनिधिमण्डलस्तरीय छलफल तथा विभिन्न द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा दुवै देशबीच ऊर्जा, पूर्वाधार, रेलमार्ग तथा सीमापार सम्पर्क विस्तारसँग सम्बन्धित आयोजनाको उद्घाटन र नयाँ आयोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री शाहले आजै भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan