Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री शाहलाई समकक्षी मोदीद्वारा भारतको ‘प्रधानमन्त्री गतिशक्ति’ योजनाबारे जानकारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | कमलकुमार बस्नेत/रासस
newsabhiyan

नयाँ दिल्ली (भारत), ७ मङ्सिरः भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराउनुभएको छ ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि हैदराबाद हाउसस्थित विद्या हलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले उक्त योजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा यसको महत्त्वबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभएको हो ।

भारतको उक्त गुरुयोजना सडक, रेलमार्ग, जलमार्ग, विमानस्थल तथा अन्य यातायात पूर्वाधारलाई एकीकृत रूपमा विकास गरी वस्तु तथा यात्रुको आवागमन सहज बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले सन् २०२१ मा सुरु गर्नुभएको हो ।

यसले विभिन्न मन्त्रालय तथा निकायबीच समन्वय गरी पूर्वाधार आयोजनाको योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan