Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ७ सोमबार | (रासस/एएनआई)

वासिङ्टन, ७ मङ्सिर : अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयास भइरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार वासिङ्टनमा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग वार्ता गर्ने हुनुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार बैठक स्थानीय समयअनुसार दिउँसो २ बजे हुनेछ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारी प्रधानमन्त्रीसँग वार्ता गर्दै इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा खाडी साझेदारहरू एकमत रहेको बताउनुभएको थियो ।

ट्रम्पले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेत इरानमाथिको समुद्री नाकाबन्दी तथा ‘अपरेसन आइरन गेट’ अन्तर्गत स्थल र समुद्री दबाब जारी राख्ने पक्षमा रहेको दाबी गर्नुभएको थियो ।

उहाँले इरानको उत्पादन क्षमता सैन्य आक्रमणका कारण करिब ८५ प्रतिशत घटेको बताउँदै आवश्यक परे अमेरिकी सेना पुनः परिचालन गर्न तयार रहेको चेतावनी दिनुभएको थियो ।

आइतबार ट्रम्पले सम्झौता नभए नयाँ वर्षपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने बताउनुभयो । इरानले ठोस प्रगति नगरी वार्ता लम्ब्याएको आरोप लगाउँदै उहाँले नाकाबन्दी तोड्ने प्रयास गर्ने इरानी ट्याङ्करलाई कडा जवाफ दिने चेतावनीसमेत दिनुभएको थियो ।

यसैबीच, कतारले अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आणविक कार्यक्रम तथा द्वन्द्व अन्त्यका सर्तमा देखिएका मतभेद कम गर्ने प्रयास गरिरहेको छ ।

आठ महिनाभन्दा बढी समयदेखि जारी अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि पनि युद्ध समाधानको स्पष्ट बाटो देखिएको छैन । यस्तो अवस्थामा रुबियो र कतारी प्रधानमन्त्रीबीचको वार्तालाई क्षेत्रीय तनाव कम गर्ने कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan