Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुरानो र नयाँ पुस्ता, दल्लीभरि नेपालको झण्डा फहरायो, बालेन सरकारसँग आश्वस्त भयो भारत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार |
newsabhiyan

काठमाडौं, ८ मंसिर ।  १९५० मा जन्मेका र ५ दशकदेखि राजनीति र मुख्यमन्त्री हुँदै १२ वर्षदेखि भारतका प्रधानमन्त्री रहेका नरेन्द्र मोदी र १९९० मा जन्मेका र १० महिनादेखि राजनीति र ८ महिनादेखि नेपालका प्रधानमन्त्री बालेन साहबीचको राजनीतिक र कूटनीतिक अर्थात् दुई पुस्ताबीचको दुई देशबीचका सम्बन्धका विषयमा भएका भेटवार्ता विश्वका लागि उत्सुकताको विषय रह्यो ।

विकासशील बन्दै नेपाल, राष्ट्रसंघमा भिटो पावर खोजी रहेको भारतबीचको समानता र समझदारीको धरातलमा भएको संवाद विश्वका लागि आश्चर्य हुनु स्वभाविक थियो ।

नेपालका प्रधानमन्त्रीले सादगी साथ प्रस्तुत भए, शिष्टाचार, संवाद र सहमतिमा आफूलाई केन्द्रित राखे । नेपाल र भारतको सम्बन्धको सबै पक्षमा समीक्षा भयो, सहकार्यको सहमति भएको छ ।

प्रम नरेन्द्र मोदीले नेपालमा उदय भएको युवा नेतृत्वको जोश, जाँगर, नेपाल प्रेम बारेका सांकेतिक रूपमा उठान गरेका विषयहरूमा राम्ररी बुझ्न पाएका छन् ।

नेपालका प्रम बालेन शाहको राष्ट्रवादीनीति, चट्टानी अडान देखेर प्रम मोदीलाई समेत प्रभाव पार्न सकेको विश्लेषण भारतका मिडियाहरूले गरेका छन् ।

यो भेटवार्ता नेपाल–भारतीबच रहेका असन्तुष्टिको तुष र बिग्रे भत्केका अविश्वासलाई सुधार्ने अवसर दुबै पक्षलाई मिलेको विश्लेषण भइरहेको छ ।

दिल्लीभरि नेपालको झण्डा फहरायो 
कुनै तामझाम बिना सादगीका साथ २५ घण्टे दिल्ली भ्रमणमा निस्केका प्रम बालेन शाहलाई दिल्लीमा सांस्कृतिक कार्यक्रम सहित स्वागत गरियो ।

दिल्लीका सडकभरि नेपालका झण्डा फहराईएको थियो, नरेन्द्र मोदीका साथ बालेनको फोटो राखेर प्रम बालेनलाई भारतमा स्वागत छ भनेर लेखिएको ब्यानर थियो भने एयरपोर्टदेखि ताज होटलसम्मका सडक खाली गराएर बालेनको सवारी चलाइएको थियो ।

सडकका दुबैतिर भारतीय जनताले नेपालका जेनजी युवा प्रधानमन्त्रीलाई ताली बजाएर न्यानो आतिथ्यता देखाएका थिए ।

बहुदलपछि, लोकतन्त्रपछि नेपालका कुनै प्रधानमन्त्रीलाई यति भव्य स्वागत गरिएको थिएन ।

यात्रुबाहक नेपाल एयरलाइन्सको जहाज चढेर गएका प्रम बालेन शाहले श्रीमतीसमेत लिएर गएनन्, यो भ्रमणमा धेरै रेकर्डहरू तोडेका छन् ।

होटल पुगेपछि भारतीय विदेश सचिव, विदेशमन्त्री मिस्री र एस जयशंकरले स्वागत भेट र एजेण्डाका विषयमा संवाद अघि बढाएका थिए ।

प्रम बालेन शाहको स्वागत सत्कारमा कुनै कमी गरेन भारतले । उच्चस्तरको स्वागतले नेपालको शिर उँचो भएको छ ।

प्रम बालेन शाहले राष्ट्रपति, प्रधानमन्त्रीसँग भेटवार्ता गरेर र नेपालको आवाज प्रष्ट राखेका छन् ।

बालेन सरकारसँग आश्वस्त भयो भारत
नरेन्द्र मोदी १२ अघि भारतको सत्तामा आएका थिए । तर, नेपालमा यो अवधिमा ६ जना प्रधानमन्त्री भइसकेका थिए । प्रम बनेपछि नरेन्द्र मोदीले ३ पल्ट नेपाल भ्रमण गरेका छन् ।

६ जना प्रधानमन्त्रीहरू नै भारत भ्रमणमा गए तर नेपाल र भारतका बीचका विद्यमान जटिल कुनै समस्या पनि सुल्झिन सकेन ।

समानताको सम्बन्ध स्थापित गर्न सकेनन्, यसैले तिनलाई लम्पसारवादी भनिने गरेको छ । तर, जेनजी विद्रोहपछि युवा सत्ता स्थापित भएपछि बालेन शाह प्रधानमन्त्री भएका छन् र भारतकै ताकेतामा उनी २५ घण्टे भारत भ्रमणमा गएका हुन् ।

बालेन के हुन्, कस्ता छन्, भारतका शासक र जनतामा समेत निकै चासो थियो ।

बालेनको स्वागत, भेटवार्ता र बालेनका एजेण्डा सुनेपछि भारतले आफ्नो छिमेक फस्ट अर्थात नेपाल नीतिलाई परिमार्जन गर्न बाध्य भएका संकेत देखिएका छन् ।

नयाँ शिराबाट नेपाल भारत सम्बन्धलाई अघि बढाउन प्रधानमन्त्री स्तरमा मतो मिलेको खबर गोरखा एक्सप्रेसमा उल्लेख  छ ।

सन् २०१९ मा भारतले नेपालका कालापानी, लिपुलेक लिम्पयाधुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गरेको विषयलाई पनि प्रम बालेन शाहले सच्याउनु पर्ने कुरा भारतलाई बताउँदै रेलले दुई भूभाग जोडिन्छ, देश देश जोड्न एकले अर्काको सम्मान गर्नुपर्ने विषय उठान गर्नु प्रम बालने शाहको साहस नै हो ।

विश्वासको संकटलाई प्रम बालेन शाहले हटाइ दिएको कूटनीतिक विश्लेषण भइरहेको छ ।

प्रम बालेन शाहले नेपालसँगको चीनको आर्थिक साझेदारी र बढ्दो चिनियाँ प्रभावसँग डराउन पर्दैन भन्ने ग्यारेण्टी दिएको चर्चा छ ।

यहीँबाट भारत प्रम बालेनसँग बढी आकर्षित भएको मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan