पत्रकार राजेन्द्र विष्टको निधन
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १० बिहीबार |
काठमाडौँ, १० मङ्सिर : प्रेस चैतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ ।
कलेजोको समस्याबाट पीडित उहाँको आज उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको प्रेस चौतारीका सुदूरपश्चिम इञ्चार्ज दिलबहादुर छत्यालले जानकारी दिनुभयो ।
पत्रकार विष्टको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो ।
तीन दशकदेखि पत्रकारितामा क्रियाशील उहाँ पछिल्लो समय राष्ट्रिय समाचार समिति(रासस)का कार्यरत हुनुहुन्थ्यो ।
